नेपालमा विद्यमान डिजिटल राजनीतिक सूचनाको विशाल खाडललाई पुरा गर्ने प्रयासका साथैे मतदान
संस्कृतिको विकास गर्ने प्रयासका साथ निमार्ण गरिएको डिजिटल वेबसाइट मेरो प्रतिनिधि (My
Representative) हो, जसले आगामी स्थानिय, संघिय र प्रदेश तहको निर्वाचनमा भाग लिने
उम्मेदवारहरुको बारेमा डिजिटल जानकारी प्रदान गर्ने लक्ष्य राखेको छ।
- उम्मेदवारको प्रोफाइल
मेरो प्रतिनिधिले निर्वाचनमा भाग लिने उम्मेदवारहरुको शिक्षा, राजनीतिक इतिहास,उनीहरुले
प्राप्त गरेका उपलब्धि र पहिचान, भिजन तथा आगामी निर्वाचनका लागि ठोस कार्य योजनाहरु सहितको
मुख्य जानकारी समावेश भएकोे प्रोफाइलको विकास गर्दैछ । हरेक प्रोफाइलमा उम्मेदवारको बारेमा
थप अनुसन्धानको लागि सहयोगी हुने विभिन्न लिंकहरु ( घोषणापत्र, वेबसाइटहरु, सामाजिक
मिडियामा आएका लेखहरु र अन्तवार्ताहरु) पनि प्रदान गर्दछ ।
- उम्मेदवार बिचको तुलना गर्ने साधन
यस वेबसाइटमा रहने उम्मेदवारको प्रोफाइलहरुको स्तर भरपर्दो हुनेछन । मतदाताहरुलाई उम्मेदवार
चुनाव गर्नका लागि कुन उम्मेदवार राम्रो छ भनी उम्मेदवार बिच सजिलो रुपमा तुलना गर्न यो
वेबसाईट भरपर्दो साधन हुनेछ ।
- खोज र फिल्टर उपकारण
यो वेबसाईटले मतदाताहरुलाई निर्वाचनमा भाग लिने उम्मेदवारको हैसियत र स्थानका आधारमा छोटो
सुचि बनाउन तथा उनीहरुको निर्वाचन क्षेत्र र अन्य मापदण्डहरु जस्तै उमेर,लिंग र राजनीतिक
दलहरुको आधारमा उपयुक्त उम्मेदवार छनौट गर्न सक्षम बनाउनका लागि सही उपकरणहरु प्रदान गर्नेछ
।
- मतदाताको पहुँच
यो वेबसाईटमा उम्मेदवारहरुको प्रोफाइल अंग्रजी र नेपाली दुवै भाषामा राखिने हुँदा...नेपाली
र अंग्रजी भाषा जान्ने सबै मतदाताहरुमा उम्मेदवारको बारेमा जान्ने पहुँच हुन्छ ।
उम्मेदवारसंग सम्बन्धित जानकारी वा सूचनाको पहुँचमा मतदाताहरुलाई परेको समस्या समाधान गरेर
मात्र हामी अध्ययन बिना गरिने परिवार तथा समुदायमा आधारित कमजोर मतदान संस्कृतिलाई हटाउन सक्छौं
र राम्रो मतदान संस्कृतिको रुपान्तरण गर्नेछौं, जहाँ मतदाताले गर्ने मतदान उम्मेदवारको योग्यता
र उसको चुनावी दृष्टिकोणका आधारमा हुन्छन ।
उम्मेदवारहरुसंग सम्बन्धित आधारभुत सूचनाहरु डिजिटल रुपमा वा अन्य कुनै माध्यमबाट व्यवस्थित
नगरिएको र विभिन्न ठाउमा छरिएर रहेको हुँदा उम्मेदवारको प्रोफाइल एकै ठाउमा पाउन धेरै गाह्रो छ
।
- उम्मेदवारको बारेमा उपलब्ध जानकारीहरु अत्यन्तै कम रहेको र ती जानकारीहरु औसत मतदाताले
जान्न र बुझ्न चाहेको सूचनाहरु भन्दा अप्रासांगिक, धेरै लामो र जटिल खालको रहेको छ ।
- उम्मेदवारका बारेमा उपलब्ध भएका जानकारीहरु अपर्याप्त, एकिकृत तथा स्तरिय नहुँदा मतदाताले
बुझ्न नसक्ने खालको छ । विशेष गरी मतदाताले कुन उम्मेदवार ठीक भनी उम्मेदवारहरुलाई
एकअर्कासंग तुलना गर्नका लागि उपलब्ध उम्मेदवारको जानकारी अपर्याप्त एवं चुनौतिपूर्ण हुने
गरेको छ ।
- उम्मेदवारसंग सम्बन्धित सुचनाको उपलब्धता सिमित छ । लोकप्रिय उम्मेदवारहरुको जानकारीहरु
व्यापक रुपमा उपलब्ध छन भने अन्य उम्मेदवारहरुको बारेमा केही जानकारी नै हुँदैन कसै कसैको
भएपनि थोरै मात्र हुन्छ ।
उम्मेदवार स्वयंले उपलब्ध गराएको डाटा प्रयोगबाट हरेक उम्मेदवारको प्रोफाइल बनाइन्छ । हामीले
तयार गरेको फाराममा उम्मेदवारहरुले आफ्नो जानकारी भरी सो फाराममा भरिएको जानकारी सही र वैध छ
भनी हस्ताक्षर समेत गरेका हुन्छन। त्यसैले यसमा रहने उम्मेदवारको प्रोफाइल आधिकारिक हुन्छ ।
चुनावको लागि उम्मेदवारहरुले आफ्नो उम्मेदवारीको घोषणा गरेपछि मेरो प्रतिनिधिले विस्तार गरेको
स्वयंसेवकहरुको सञ्जालबाट विभिन्न स्वयंसेवकहरुले उम्मेदवारहरु पहिचान गरी उनीहरुसम्म पुगी
उनीहरुलाई उनीहरुको विवरण पेश गर्न आग्रह गर्दछन् । नयाँ उम्मेदवारहरुलाई हामीसंग जोडिन र
उनीहरुको विवरण पेश गर्न र हामीसंग जोडिनका लागि मेरो प्रतिनिधिका संचार (मिडिया) समुहका
स्वयंसेवकहरुले उम्मेदवारहरुलाई प्रोत्साहित गर्न लक्षित समाग्रीहरुको सिर्जना गर्नेछन् ।
मेरो
प्रतिनिधिमा विद्यमान उम्मेदवार प्रोफाइलहरु:
यस वेबसाइटमा हाल स्थानिय तहको निर्वाचनका क्रममा भाग लिएका केही उम्मेदवारका प्रोफाइलहरु छन
जुन उनीहरु आफैंले उपलब्ध गराएको जानकारी समावेश गरी बनाइएको छ । यी प्रोफाइलहरु मेरो
प्रतिनिधिको अवधारणाको विकास र प्रमाणिकरणको समयमा निर्माण गरेका थियौं । यस प्रक्रियामा
विभिन्न राजनीतिज्ञहरुको प्रतिकृया र दृष्टिकोणलाई समेत समावेश गरी उम्मेदवारले सजिलै र छिटो
भर्न मिल्ने गरी हामीले फारामको डिजाइन गरेका छौं ।
हाल मेरो प्रतिनिधिले राजनीतिज्ञहरुको प्रोफाईलहरु पनि प्रस्तुत गरेकोे छ, जुन वैध स्रोतहरुबाट
प्राप्त प्रशोधित अनुसन्धानको परिणमको आधारमा विकसित गरिएको थियो । मेरो प्रतिनिधिका युवा
स्वयंसेवकहरुलाई नेपालमा हुने निर्वाचन प्रक्रियाको बारेमा प्रशिक्षित गर्नुका साथै प्राथमिक र
प्रशोधित अनुसन्धान,डाटा संकलन र अनुवाद जस्ता सिप विकासको तालिम दिईएको थियो । अहिले यस
वेबसाईटमा आंशिक रुपमा भरिएका प्रोफाइलहरु तिनै प्रशिक्षण अभ्यासको उत्पादनहरु ह्ुन ।
मेरो प्रतिनिधि परिवारमा नेपालका १९ जिल्लामा ८० भन्दा बढी सदस्यहरु छन । यसको संख्या निरन्तर बढीरहेको छ ।
यसको मुख्य सदस्यहरु काठमाण्डौं जिल्लामा रहेका छन र प्रत्येक जिल्लामा मेरो प्रतिनिधिको एक जिल्ला राजदुत छ
जसले स्थानिय स्वयंसेवकहरुको व्यवस्थापन गरिरहेको छ ।
मुख्य सदस्य र जिल्ला राजदुतहरुले युवाहरुलाई उम्मेदवारहरुबारे सुसूचित भई गरिने मतदानको महत्वबारे शिक्षित
गर्दै सञ्चार र अनुसन्धानका सीपहरुको तालिम दिइरहेका छन । यस प्रकारले हामी युवाहरुलाई राजनीतिक रुपमा
जिम्मेवार हुन सशक्त बनाउँदैछौं र सम्भावित उम्मेदवारहरुको सफलतापुर्वक पहिचना गरी हाम्रो वेबसाईटमा जोडिन
प्रोत्साहन गर्नका लागि उनीहरुलाई साधनहरु प्रदान गर्दछौं ।